Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


गोरखाका विभिन्न स्थानमा हिमपात


0
Shares

रेनु श्रेष्ठ (इमेज)

गोरखा, माघ ९ । सामान्य वर्षासँगै गोरखाका विभिन्न स्थानमा हिउँ परेको छ ।

बुधबार गोरखाको दुर्गम उत्तरी छेकम्पार, सामागाउँ, ल्हो, विही, प्रोक र लाप्राकको गुप्सीपाखामा हिउँ परेको हो ।

हिउँ परेपछि चिसो बढेको छ । जनजीवन कस्टकर भएको लाप्राकका स्थानीय भविराज गुरुङले बताए ।

लाप्राकमा एक फिटभन्दा बढी हिउँ परेको स्थानीयको भनाइ छ ।

गोरखाका अरु भागमा भने पानी परेकाले चिसो बढेको जनाइएको छ ।