Logo ९ फाल्गुन २०८२, शनिबार | Sat Feb 21 2026


गाईघाट–दिक्तेल सडकखण्ड ६ महिनाका लागि बन्द

काठमाडौं । सगरमाथा लोकमार्गअन्तर्गत उदयपुरको गाईघाटदेखि पहाडी जिल्ला खोटाङ सदरमुकाम दिक्तेलसम्मको गाईघाट–दिक्तेल सडकखण्ड ६ महिनाका लागि बन्द गरिएको छ । गत मङ्सिरमा सुनकोसी नदीमा जडान गरिएको अस्थायी बेलिब्रिज दुई दिन अघिमात्रै खोलिएपछि उक्त सडकखण्ड बन्द भएको हो । यसले पूर्वी तराई हुँदै गाईघाटदेखि खोटाङ सदरमुकाम दिक्तेलसम्मको सडकमार्गमा यातायात सेवा बन्द हुन पुगेको गाईघाट–दिक्तेल सडक कार्यालय…