स्याङ्जामा प्याराग्लाइडिङ दुर्घटना हुँदा १९ वर्षीया किशोरी घाइते « Imagekhabar – Online News Portal of Nepal
२० असार २०७९, सोमबार | Mon Jul 4 2022


स्याङ्जामा प्याराग्लाइडिङ दुर्घटना हुँदा १९ वर्षीया किशोरी घाइते


559
Shares

स्याङ्जा । जिल्लाको भीरकोट नगरपालिकामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक किशोरी घाइते भएकी छन् ।

प्याराग्लाइडिङ सिक्ने क्रममा भएको दुर्घटनामा परी भीरकोट–८ स्वरेकमैदानकी १९ वर्षीय लक्ष्मी अर्याल घाइते भएकी हुन् ।

घाइते अर्याललाई उद्धार गरी हेलिकप्टर मार्फत पोखरा स्थित मेट्रोसिटी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो ।

घाइते अर्यालको टाउको र खुट्टामा चोट लागेको प्रहरीको भनाइ छ । हाल उनी खतरामुक्त रहेकी छन् ।