काठमाडौं । अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरूले सरकारले प्रतिनिधिसभामा दर्ता गरेको संक्रमणकालिन न्याय सम्बन्धी कानुन संशोधन विधेयक संशोधन गर्न माग गरेका छन् । सोमबार एम्नेस्टी इन्टरनेसनल, इन्टरनेसनल कमिसन अफ जुरिस्ट्स्, ह्युमन राइट्स् वाच र ट्रायल इन्टरनेसनलले संयुक्त प्रेस विज्ञप्ति जारी गरी सरकार र संसदले अन्तर्राष्ट्रिय कानुनी मापदण्डअनुरूप हुनेगरी विधेयकलाई संशोधन गर्नुपर्ने माग गरेका हुन् । अन्तर्राष्ट्रिय मानव…