पहिरोले घर पुर्दा एकै परिवारका ३ जनाको मृत्यु, एक घाइते « Imagekhabar – Online News Portal of Nepal
१ भाद्र २०७९, बुधबार | Thu Aug 18 2022


पहिरोले घर पुर्दा एकै परिवारका ३ जनाको मृत्यु, एक घाइते


117
Shares

काठमाडौं । अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर २ भुलुमा पहिरोले घर पुर्दा एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।

आइतबार राति १ बजेतिर खसेको पहिरोले स्थानीय पदमसिंह विष्टको घर पुरेको र मृत्यु हुनेहरूमा पनि उनकै परिवारका सदस्यहरू रहेको जनाइएको छ । यद्यपी मृतकहरूको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

पहिरोमा परी एक जना घाइते भएको र उनलाई उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा लगिएको प्रहरीले बताएकाे छ ।