काठमाडौं । नेपाल प्रहरीले कुवेत जान लागेका ३९ जना महिलालाई विमानस्थलबाट फर्काएको छ । आज बिहान जजिरा एयरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कुवेत हुँदै दुबई जान लागेका ३९ महिलालाई प्रहरीले शंकास्पद कागजातका आधारमा रोकेको हो । कुवेतमा भिजिट भिसामा जान लागेको देखिए पनि उनीहरु रोकिएका हुन् । उनीहरुले बोकेको कागजातसँग उनीहरुको दावी मेल नखाएको भन्दै प्रस्थान कक्षकै…