चितवनमा श्रीमानद्वारा श्रीमतीको खुकुरी प्रहार गरी हत्या « Imagekhabar – Online News Portal of Nepal
१ भाद्र २०७९, बुधबार | Wed Aug 17 2022


चितवनमा श्रीमानद्वारा श्रीमतीको खुकुरी प्रहार गरी हत्या


2.119k
Shares

काठमाडौं । चितवनमा श्रीमानले श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गरेका छन् ।

भरतपुर महानगरपालिका–१० रमाइलो चोक बस्ने ४३ वर्षीय कृष्णप्रसाद आचार्यले आफ्नी श्रीमती ३५ वर्षीय रुष्मा आचार्यलाई आइतबार राति खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कृष्णप्रसादले आफ्नै घरको ३ तलामाथि रहेको बैठक कोठामा श्रीमतीलाई खुकुरी प्रहार गरेका थिए । तीन तलामाथिबाट हाम फालेर भाग्न खोज्दा कृष्णप्रसादको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहारबाट गम्भीर घाइते रुष्माको उपचारका लागि पुरानो मेडिकल कलेज लैजाँदा मृत्यु भएको हो भने घाइते भएका कृष्णप्रसादको चितवन मेडिकल कलेजमा उपचारका क्रममा आइतबार राति नै मृत्यु भएको प्रहरीले जनाएकाे छ ।