काठमाडौं । रोल्पाको थपाङ गाउँपालिकास्थित जलजलामा भएको जीप दुर्घटनामा ज्यान गुमाएका रुकुम पूर्वका एकै परिवारका ६ जनाको सामूहिक दाहसंस्कार गरिएको छ। सानीभेरी नदी किनार धाउने बगरमा आज अन्त्येष्टि गरिएको हो। मृतक सिस्ने गाउँपालिका–६ टाकुराका २८ वर्षीया युवा बुढाथोकी, उनका १० वर्षीय छोरा दिव्यान बुढाथोकी, ५३ वर्षीया सासुआमा तिलकुमारी बुढाथोकी, ३२ वर्षीय देवर गोर्खबहादुर बुढाथोकी, ४०…