Logo १८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026


वीर अस्पतालमा नर्सको प्रदर्शन


260
Shares

काठमाडौं । आफ्ना मागहरुप्रति सरकार गम्भीर नभएको र नीतिगत तवरबाट समस्या समाधानमा केन्द्रित नभएको भन्दै नर्सहरूले आज काठमाडौँको वीर अस्पताल अगाडी प्रदर्शन गरेका छन् ।

उनीहरूले नर्समाथि श्रम शोषण हुँदासमेत सरकार मूकदर्शक बनेको भन्दै प्लाकार्डसहित प्रदर्शन गरेका हुन् । उनीहरुले नर्सिङ क्षेत्रको सुधारका लागि अनसनरत ज्योति रानाभाटले उठाएका मागहरूलाई यथाशीघ्र सम्बोधन गर्न सरकारसँग माग गरेका छन् ।

आज रानाभाटको अनसनको पाँचौँ दिन हो । त्रिवि शिक्षण अस्पताल र वीर अस्पतालका नर्सहरूले गुणस्तरीय नर्सिङ शिक्षा कायम हुनुपर्ने, बिरामी सुरक्षाको सुनिश्चितता हुनुपर्ने, सम्मानजनक सेवा सुविधा उपलब्ध हुनुपर्ने लगायतका माग राखेका छन् ।

यसैबीच, नेपाल चिकित्सक संघले अनसनरत रानाभाटको जीवन रक्षाको माग गरेको छ । संघले आज एक विज्ञप्ति जारी गर्दै रानाभाटका जायज मागहरूलाई सम्बोधन गर्न सरकारसँग माग गरेको हो । अहिले रानाभाटको वीर अस्पतालको आइसियुमा उपचार जारी छ ।