काठमाडाैं । सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गमा साउन १८ गते एउटा कार सुनकोशी नदिमा खसेको छ ।
कार दुर्घटनाको खवर पाएपछि खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन वेश खुर्काेटबाट गोताखोरसहितको टोली परिचालन भएको छ ।
खोटाङबाट काठमाडौँतर्फ आउँदै गरेको कारलाई काठमाडौँबाट ओखलढुंगातर्फ जाँदै गरेको बागमती प्रदेश ०८–००१ ख ०१४४ नम्बरको बसले ठक्कर दिएपछि कार सडकबाट अन्दाजी ३० मिटर तल सुनकोशी नदिमा खसेको बताईएको छ ।
वेपत्ता कारको खोजीकार्यमा सो वेशबाट सशस्त्र प्रहरी निरीक्षक निरेन्द्र गुरुङको कमाण्डमा गोताखोरसहितको टोली र नेपाल प्रहरीको टोली समेत परिचालन भएको छ ।
उक्त कारमा सवार सिन्धुपाल्चोक बस्ने दिलकुमार लामा, सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–१ बस्ने २८ वर्षिय गणेश थापा र वतन नखुलेका अर्का एक जना समेत वेपत्ता भएका छन् भने बसका चालकलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ ।









प्रतिक्रिया दिनुहोस्