काठमाडौं, फागुन १९ । प्रदेश १ को प्रदेशसभामा मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्तावमाथिको छलफल फेरि २ हप्तापछि सरेको छ । फागुन ९ गते प्रदेशसभा बैठकमा अविश्वास प्रस्ताव पेश हुनेवित्तिकै सभामुख प्रदीपकुमार भण्डारीले फागुन २० गतेसम्म बैठक स्थगित गर्नुभएको थियो । बैठक बस्ने एक दिनअघि प्रदेशसभा सचिवालयले सूचना टाँस गरेर चैत २ गतेसम्मलाई सारेको हो ।…