ताप्लेजुङ आगलागीः ४० घर नष्ट, बाँकीलाई बचाउन केही घर भत्काइयो • Image Khabar Image Khabar


ताप्लेजुङ आगलागीः ४० घर नष्ट, बाँकीलाई बचाउन केही घर भत्काइयो


सन्तोष पुर्कुटी
१८ फाल्गुन २०७७, मंगलवार १३:४३

ताप्लेजुङ आगलागीः ४० घर नष्ट, बाँकीलाई बचाउन केही घर भत्काइयो

सन्तोष पुर्कुटी
ताप्लेजुङ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ स्थित दोभान बजारमा मंगलबार भएको आगलागीबाट ४० घर जलेर नष्ट भएका छन् ।

बिहान करिब ९ बजेबाट सुरु भएको आगलागी अझै पूर्णरूपमा नियन्त्रणमा आउन सकेको छैन । बजार क्षेत्रका केही घरहरू भत्काइए पछि थप घरहरू आगोको जोखिमबाट जोगिएका छन् ।

आगो नियन्त्रणमा तीन वटै सुरक्षा निकायका सुरक्षाकर्मी र स्थानीयवासी खटिएका छन् । विद्युत सर्ट भई स्थानीय भोला पौडेलको घरबाट आगो सुरु भएको भनिए पनि एकिन भएको छैन । आगो पूर्णरूपमा नियन्त्रणमा आइनसके पनि थप क्षतिको सम्भावना नरहेको स्थानीयको भनाइ छ ।

दोभान बजार जिल्लाको दोश्रो ठूलो व्यापारिक केन्द्र हो । घरहरूमा अलैँचीको गोदाम लगायत अन्य पसलहरू पनि भएकाले ठूलो क्षति भएको हो । यद्यपि क्षतिको विवरण भने एकिन भइनसकेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । आगलागीबाट मानवीय क्षति भने भएको छैन ।

प्रतिक्रिया दिनुहोस्