Logo ८ आश्विन २०८२, बुधबार | Wed Sep 24 2025


बैतडीको सुन पसलमा आगलागी

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका ४ शाहीलेकमा रहेको समृद्धि सुनचाँदी गहना पसलमा आगलागी भएको छ । पसलमा ग्यास सिलिन्डर बिस्फोट भई आगलागी भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो । गहना बनाउने क्रममा ग्याँस लिक भई बिस्फोट हुँदा आगलागी भएको र पसलमा रहेका सुनचाँदीका सबै सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ…