Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


कम्युनिष्ट पार्टीको एकतामा बल पुर्याउने ध्येयका साथ नेपाली कम्युनिष्ट पार्टीको घोषणामा सहभागी भएँः नेता खनाल


845
Shares

काठमाडाैं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सिंगो कम्युनिष्ट पार्टीलाई एकतावद्ध बनाउने ध्येयका साथ आफू पनि नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनमा सहभागी भएको दावी गर्नुभएकाे छ।

नेकपा माओवादी केन्द्रका संयाेजक पुष्पकमल दाहालसँग केही कुरामा फरक मत भएपनि आफू सिंगो मुलुकलाई एकतावद्ध गर्नका लागि बामपन्थीहरु एकतावद्ध हुनुपर्ने अडानमा रहेका सोहि पार्टीको एकीकरणमा ढिलो गरेर भए पनि सहभागी भएको स्पष्टीकरण दिनुभएको हो। नयाँ पार्टी खोल्ने घोषणा गरेका नेता खनालले बुधबार दाहाल र माधवकुमार नेपाल नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीको घोषणा कार्यक्रममा सहभागी हुनुभएको थियाे। उहाँले आफू सिंगो मुलुकलाई एकतावद्ध बनाउने अभियान अन्तर्गत सो कार्यक्रममा सहभागी भएको स्पष्ट पार्नुभएकाे छ।

नेता खनालले मुलुकलाई संकटबाट पार लगाउनका लागि सिंगो वामपन्थीहरु दलहरुबीच एकता हुनुको विकल्प नरहेको तर्क समेत गर्नुभयो ।