Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


राजनीतिक दलको गम्भीर त्रुटिका कारण मुलुक राजनीति संकटमा: नेता पौडेल

पार्टीभित्र लोकप्रिय तर जनतामा अलोकप्रिय पात्र नेतृत्वमा राख्ने दलको प्रवृत्ति अन्त्य हुन आवश्यक

221
Shares

काठमाडाैं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले राजनीतिक दलहरुको गम्भीर त्रुटिका कारण मुलुक राजनीति संकटबाट गुज्रिरहेको र दलहरु सच्चिनुको विकल्प नभएको टिप्पणी गर्नुभएको छ।

ललितपुरमा बुधबार आयोजित ‘राष्ट्रहित सर्वोपरि कन्क्लेभ’मा बोल्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले दलहरुले एउटै नेतृत्वलाई निरन्तरता दिएर राज्यसत्तामा पुर्याउने प्रवृत्तिका कारण मुलुकमा विद्यमान समस्याको हल हुन नसकेको बताउनुभयो । उहाँले जनतामा अलोकप्रिय पात्रलाई पार्टीभित्र लोकप्रिय भएकै कारण नेतृत्वमा निरन्तरता दिन नहुनेमा जोड दिनुभएकाे छ।

नेता पाैडेलले जेनजी पुस्ताले संवैधानिक आयोगहरुमा राजनीतिक नियुक्ति गर्न नहुने माग अघि सारेको स्मरण गर्दै सोहीअनुरुप व्यवहार गर्न जरुरी रहेको पनि बताउनुभयो । राजनीतिक दलहरुले संविधान अनुरुप व्यवहार नगरेकाे आरोप समेत लगाउनु भएकाे छ। संविधानमा लेखिएका विषयमा नभई दलहरुको व्यवहारमै समस्या रहेको समेत उहाँकाे भनाइ थियाे ।

नेता पाैडेलले जेनजी पुस्तालाई पार्टीमा समावेश गर्न कांग्रेसले खुकुलो नीति अंगाल्ने पनि बताउनुभएकाे छ।