Logo २६ श्रावण २०८३, मंगलबार | Wed Aug 12 2026


शेयर बजार १२ अंकले बढ्याे, ४ अर्ब ६८ करोड बढीकाे काराेबार


130
Shares

काठमाडौं । शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार १२ दशमलव १७ अंकले बढेकाे छ।

अघिल्ला दुई कारोबारमा निरन्तर घटेको नेप्से परिसूचक बुधबार १२ अंकले बढेर २ हजार ६ सय ७ दशमलव ४२ विन्दुमा पुगेको हाे। त्यस्तै, नेप्सेको सेन्सेटिभ इण्डेक्स १ दशमलव १४ अंकले बढेको छ। फ्लोट इण्डेक्स ० दशमलव ९० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ० दशमलव ४५ अंकले बढेको हाे। कारोबारमा आएका ३ सय १२ कम्पनीको ९२ लाख १८ हजार कित्ता सेयर ४ अर्ब ६८ करोड १९ लाख २२ हजार रुपैयाँ बराबरको खरिद बिक्री भएको छ।

तर मंगलबारको तुलनामा बुधबार कारोबार रकम भने घटेको छ। मंगलबार ५ अर्ब १५ करोड रुपैयाँको शेयर खरिद बिक्री भएको थियो । नेप्सेका १३ उपसमूहमध्ये बुधबार ११ उपसमूहको परिसूचक बढेको हाे। तर २ उपसमूहको परिसूचक घटेको छ । जसमा वित्त उपसमूहको परिसूचक ३ दशमलव ४१ प्रतिशत बढेको हाे । होटल तथा पर्यटन र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य घटेको छ।

त्यस्तै, कारोबारमा आएको माबिलुङ्ग इनर्जी लिमिटेडको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हाे। त्यस्तै,उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । तर यता फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ७ दशमलव ४८ प्रतिशत घटेको हाे ।

कारोबार रकमका आधारमा यूनियन हाइड्रोपावर कम्पनीको ३८ करोड ६१ लाख ५२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएकाे छ।