Logo ७ भाद्र २०८३, आइतबार | Sun Aug 23 2026


नेपाली कम्युनिस्ट पार्टीकाे २३ बुँदे घोषणापत्र सार्वजनिक


988
Shares

काठमाडौं । १० राजनीतिक पार्टी मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीले घोषणापत्र सार्वजनिक गरेको छ।

काठमाडाैंमा बुधबार भृकुटीमण्डपमा आयोजित एक समाराेहकाबीच नवगठित पार्टीको २३ बुँदे घोषणापत्र नेता देव गुरुङले सार्वजनिक गर्नुभएकाे हाे। नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित साना दल वाम घटक मिलेर नेपाली कम्युनिस्ट पार्टी घोषणा सभा अहिले पनि जारी रहेकाे छ। साेही पार्टीकाे संयाेजकमा पुष्पकमल दाहाल र सह-संयाजकमा माधव कुमार नेपाल राख्ने प्रस्ताव समेत हलबाट पारित भएकाे जनाइएकाे छ।

गत भदाै २३ र २४ गतेकाे जेनजी युवाकाे आन्दाेलनपछि छरिएर रहेका कम्युनिष्ट पार्टीहरु सिद्धान्त र विचार मिल्ने पार्टीसँग एकीकरण गर्ने याेजना बनाइरहेकाे थिए । तर उनीहरुबीचमा केही विषयमा कुरा मिल्न सकिरहेकाे थिएन । केही दिन अघि मात्रै एकीकृत समाजवादीले माओवादीसँग पार्टी एकता गर्ने नर्णय गरेपछि बुधबार १० राजनीतिक पार्टी मिलेर नेपाली कम्युनिस्ट पार्टीले घोषणा गरेका छन् ।

तर याेसँगै एकीकृत समाजवादी भने ३ टुक्रा भएकाे छ।