Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


रवि लामिछानेकाे जाँचबुझ आयोग समक्ष सिंहदरबारमा बयान जारी


1.2k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई नख्खु कारागारबाट सिंहदरबारमा ल्याएर उच्चस्तरीय जाँचबुझ आयोगले बयान लिइरहेकाे छ।

जेनजी युवाकाे आन्दोलनका क्रममा गत भदाै २४ गते कारागारबाट निस्किएको विषयमा आयोग समक्ष बयानका लागि लामिछानेलाई बुधबार सिंहदरबारमा ल्याइएको हो। आयोगले सिंहदरबारस्थित आयोगको कार्यालयमा ल्याएर लामिछानेसँग अहिले बयान लिइरहेकाे छ। यसअघि आयोग प्रतिनिधिहरुले कारागारमा पनि पुगेर वस्तुस्थितिको अवलोकन गर्नुका साथै लामिछानेसँग अनौपचारिक कुराकानी गरेका थिए ।

आयोगले कारागारका जेलरलाई पनि बोलाएर बयान लिइसकेको छ।