विराटनगर, साउन ६ । प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले भ्रष्टाचारविरूद्ध शून्यसहनशीलता अपनाउने बताएका छन् । सोमबार प्रदेश सरकार मातहतका कर्मचारीलाई आफ्नो कार्यालयमा बोलाएर कर्मचारी खुलेआम ठूलो रकम घुससहित पक्राउ पर्नुले लज्जाबोध भएको भन्दै उनले त्यसबाट जाने सन्देशप्रति गम्भीर बन्न आग्रह गरे । मुख्यमन्त्री राईले ‘सेटिङ’ मिलाएर पैसा संकलन गर्नेहरुविरुद्ध कडारुपमा उत्रने बताए…