२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


शिवराज नगरको वनकसवासामा ४८ वर्षपछि विजुली


0
Shares

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१ वनकसवासामा विजुली बत्ती पुगेको छ ।

बिजुली बत्ती पुगेसँगै स्थानीयवासी हर्षित भएका छन् । चर्को गर्मीमा विजुली नहुँदा समस्यामा पर्दै आएका बालबालिका सबैभन्दा बढी खुसी भएका छन् ।

शिवराज नगरपालिका वडा नं. १ को १० लाख र नेपाल विद्युत् प्राधिकरणको ४० लाख रुपैयाँको लागतमा विजुली पुर्‍याउन सफल भएको नेपाल विधुत् प्राधिकरण कृष्णनगरका प्रमुख लक्ष्मीकेशर अगंजाले जानकारी दिए ।

प्रमुख अगंजाले सवैको सहयोगले काम सुरु गरेको तीन महिनामा विजुली वाल्न सफल भएको बताए ।

विजुली पुगेपछि घरेलु उद्योग सञ्चालन गरेर आत्मनिर्भर बन्न नगरप्रमुख नेत्रराज अधिकारीले आह्वान गरेका छन् ।

२०२८ सालमा महेन्द्र राजमार्ग विस्तार हुनेवेला बसेको वस्तीमा ४८ वर्षपछि विजुली पुगेको हो ।

विजुली नहुँदा ७२ घर भएको गाउँलेले जेनेटर चलाएर ट्युवेलबाट पानी उपभोग गर्दै आएका थिए ।