जनकपुरधाम, पुस ५ । प्रदेश नम्बर–२ का मुख्यमन्त्री लालबाबु राउतले मुलुकलाई समृद्ध बनाउन सबै नागरिकले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने बताएका छन् । शनिबार जनकपुरधाममा अकाउन्टिबिलिटी ल्याबले गरेको ‘सार्वजनिक सेवामा सदाचार’ विषयक अन्तरसंवादमा बोल्दै उनले समृद्ध मुलुकको सम्पन्न नागरिक कहलाउन सदाचारिता, इमान्दारिता र जवाफदेहिता आवश्यक रहेको बताए । कार्यक्रममा प्रदेश–२ नीति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा,…