इलाम, फागुन २ । इलामको फाकफोकथुम गाउँपालिकाको सेवा अस्तव्यस्त बनेको छ । स्थानीयस्तरमा अत्यावश्यक सेवा प्रवाह गर्ने उद्देश्यले राज्यमा तीन तहका सरकार हुने व्यवस्था संविधानले नै गरेको भएपनि पर्याप्त भौतिक पूर्वाधार र कर्मचारी नहुँदा गाउँपालिकाको कार्यालयबाट हुने दैनिक कामकाजमा समस्या भएको हो । इलाम सदरमुकामबाट ५० किलोमिटर पश्चिममा रहेको यो गाउँपालिकालाई कार्य सम्पादन गर्न भवनसहितका…