संखुवासभा, वैशाख २४ । संखुवासभाको खाँदबारी नगरपालिकाले घर–घरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको छ । ज्येष्ठ नागरिक, अपांगता भएका, एकल महिलालगायतलाई सहयोग पुगोस् भन्ने उद्देश्यले नगरपालिकाले घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो । वृद्ध–वृद्धाहरुलाई बिहान–बेलुकीको छाक टार्नसमेत समस्या भएको गुनासो आएपछि नगरपालिकाले घरमै पुगेरै सामाजिक भत्ता वितरण गरेको हो । ‘लकडाउन’ले कार्यालयसम्म…