२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025


काठमाडौंलाई ‘मानवताको शहर’ बनाउने, सडकमै रात बिताउनेको गरियो उद्धार


0
Shares

गृष्मा राजभण्डारी र सानु माली (इमेज)

काठमाडौं, पुष २ । सडक पेटीमा रात विताउनेहरुलाई उद्दार गर्न थालिएको छ ।

काठमाडौं महानगरपालिकाले महानगर दिवसकै दिनदेखि प्रहरीको सहयोगमा सडक पेटीमा रात गुजार्ने व्यक्तिहरुलाई सडक पेटीबाट उठाई आश्रममा राख्ने अभियान तीब्र पारेको छ ।

काठमाडौंलाई सिटी अफ ह्युम्यानिटी अर्थात मानवताको शहर बनाउन महानगरपालिकाले थालेको अभियानअन्तर्गत खुला आकाशमुनि सडक किनार, सडक पेटी वा सार्वजनिक स्थलमा कष्टपूर्ण जीवनयापन गर्न बाध्य व्यक्तिहरुलाई प्रहरीको समन्वयमा काठमाडौं महानगपालिकाले अहिलेसम्म २ सय भन्दा बढीको उद्धार गरेको छ ।

त्यस क्रममा चिसोमा कठ्यांग्रिएर सडक पेटीमा बोराको सहारामा रात गुजार्नेको संख्या धेरै भेटियो ।

उद्धारका क्रममा कोही कुनै गुनासो नगरी खुशीसाथ उद्धारटोलीसँगै गए । कोही भने रुने कराउने र आक्रोश पोख्दै प्रहरीलाई तथानाम गाली समेत गरेका थिए ।

उद्धारमा खटिएका नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेल उद्धारकार्य जोखिमपूर्ण भए पनि फलदायी भएको बताउँछन् ।

दिउँसो अपांगता भएको बहानामा ह्वील चेयरमा बसेर माग्ने तर रातको समयमा साधारण मानिस सरह हिँड्ने व्यक्ति पनि फेला परे ।

ह्वील चेयरमा बसी माग्ने गरेका यी व्यक्ति प्रहरी देख्ने बितिकै भागेको दृष्यले पनि यो तथ्य प्रमाणित गर्छ ।

उद्धार गरिएकालाई बालाजुस्थित महानगरपालिकाले निर्माण गरेको एक घरमा राखिएको छ । उनीहरुलाई तीन दिनसम्म सोधपुछ गरी श्रम गर्न सक्ने र सीप भएकालाई फर्काउने गरिएको छ ।

बेसाहराहरुलाई भने देशका बिभिन्न मानव आश्रम केन्द्रहरुमा संरक्षण दिने गरिएको काठमाडौं जिल्ला संयोजक सुमन बर्तौलाले जानकारी दिए ।

आश्रममा ल्याइएका मध्ये ९० प्रतिशत मदिराको अम्मली रहेको पाइएको छ भने केही मानसिक रोगी पनि छन् ।

सुधार गृहको रुपमा पनि रहेको आश्रमम रहेका सबैको खाने लगाउने खर्चका केही प्रतिशत काठमाडौं महानगरिपालिकाले ब्यहोेरेको छ भने बाँकी कुनै विदेशी दातृ निकायको नभई सहयोगी हातहरुबाट नै हुने गरेको छ ।

कुनै पनि नागरिकले सडकपेटीमा रात गुजार्न नपरोस भनि महानगरपालिकाले थालेको अभियान सह्रानीय छ ।

उनीहरुको वास्तविक अवस्थालाई केलाएर भविष्यमा पनि यसरी नै सडकपेटीमा पुग्नुपर्ने अवस्था सदाका लागि अन्त्य गर्ने पहल गर्न जरुरी देखिन्छ ।

भिडियो हेर्नुहोस्