
काठमाडौं, मंसिर २८ । काठमाडौं महानगरपालिका–६, रामहिटीमा दमकल सेवा विस्तार गरिएको छ ।
महानगरपालिकाले क्षेत्रगतरुपमा दमकल सेवा विस्तार गर्दै जाने योजनाअनुरुप रामहिटीमा महानगर वारुणयन्त्र तथा तालिम केन्द्रको भवन निर्माण गरेको हो ।
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले शनिबार आयोजित कार्यक्रममा भवनको उद्घाटन गरे ।
सात करोड ६२ लाख रुपैयाँको लागतमा निर्माण गरिएको भवनमा एक लाख ५० हजार लिटर क्षमताको पानीट्यांकी निर्माण गरिएको छ ।
परम्परागत शैलीमा निर्माण गरिएको भवनमा तीनओटा दमकल अट्ने ठाउँसहित १०० प्रशिक्षार्थी अट्ने कोठासमेत रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्