काठमाडौं । वि.स.२०७३ फागुन २३ गते सप्तरीको मलेठमा पाँच जनाको ज्यान जाने गरी भएको घटनाको छानबिन प्रदेश २ सरकारले गर्ने भएको छ । उक्त घटनासम्बन्धी राष्ट्रिय मानवअधिकार आयोगले हालै सार्वजनिक गरेको प्रतिवेदन यथार्थ नभएको भन्दै विरोध भइरहेका बेला प्रदेश सरकारले आफैं छानबिन गर्ने जनाएको छ । छानविनका लागि प्रदेश सरकारले तीन सदस्यीय छानबिन समिति गठन…