२६ माघ २०८१, शनिबार | Sun Feb 9 2025


तराईमा पहिलो पटक व्यवसायिक स्याउ खेती गरिदैं


0
Shares

सर्लाही, पुस २० । हरिवन नगरपालिका–८, चापिनीमा पहिलो पटक स्याउँको व्यवसायिक खेती सुरु गरिएको छ ।

हरिवन नगरपालिकाकी उपप्रमुख रेणुका पौडेलले व्यक्तिगत खर्चमा दुई सय कलमी विरुवा प्रदान गरेपछि चापिनी गाउँका २५ घरधुरी थामी समुदायले हर्मन ९९ र अन्ना जातको स्याउको खेती सुरु गरेका हुन् ।

लोपोन्मुख थामी समुदायलाई नगर उपप्रमुख पौडेलले स्याउ खेतीका लागि एक कार्यक्रमका बीच निःशुल्क कलमी विरुवा प्रदान गरेकी हुन् ।

गतवर्ष स्याउ खेतीको परीक्षणका लागि भारतको हिमाञ्चल प्रदेशबाट ३६ वटा विरुवा ल्याएर रोप्दा राम्रो फल लागेपछि थप विरुवा ल्याएर व्यावसायिक खेती सुरु गरिएको नगर उपप्रमुख पौडेलले जानकारी दिइन् ।

उनले हिमाली तथा पहाडी क्षेत्रमा मात्रै खेती हुने स्याउँको तराइमा पनि व्यावसायिक खेती गरेर सकारात्मक सन्देश दिन टेवा पुग्ने विश्वास व्यक्त गरिन् ।