३० माघ २०८१, बुधबार | Wed Feb 12 2025


प्रदेश ३ को नामाकरण प्रस्ताव प्रदेश सभामा पेश


0
Shares

हेटौंडा, पुस २१ । प्रदेश ३ को प्रदेशसभा बैठकमा प्रदेशको नामाकरण गर्ने सम्बन्धमा प्रस्ताव पेश गरिएको छ ।

सोमबार हेटौंडामा बसेको प्रदेशसभा बैठकमा सत्तारुढ दल नेकपाका प्रमुख सचेतक रामेश्वर फुयालले प्रदेशको नामाकरण सम्बन्धी कार्यबिधि २०७६ पेश गरे ।

उक्त प्रस्तावमा सांसद राधा घले र रमेश पौडेलले समर्थन गरे । प्रदेशको नाम यही नै हुने भन्नेबारे खुलाइएको छैन । उक्त कार्यबिधिमाथि छलफल गर्न कार्यदल गठन गरेर प्रदेशका १३ वटै जिल्लामा घुमेर सुझाव संकलन गरी बैठकमा पेश गर्ने बताइएको छ ।

प्रदेश राजधानीको बिषयले भने सोमबारको बैठकमा प्रवेश नै पाएन । अर्को बैठक बुधबार ३ बजे बोलाइएको छ । यसैबीच हेटौंडामै राजधानी कायम गरियोस् भन्दै प्रदेश सभा भवन बाहिर ७२ वटा संघसंस्थाले प्लेकार्डसहित प्रर्दशन गरेका थिए ।

यता, प्रदेशको राजधानी हेटौंडा राख्ने या अन्यत्र भन्नेमा सत्तारुढ दलकै सांसदहरु विभाजित देखिएका छन् ।

हेटौंडामै प्रदेश राजधानी राख्न ४३ प्रतिशत सांसद समर्थनमा देखिएका छन् भने ३७ प्रतिशत सांसद प्रदेश राजधानी सानुपर्ने पक्षमा छन् । प्रदेश राजधानी र नामका विषयमा प्रदेशसभा सदस्यहरु बिभाजित भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ३ कमिटीले शीर्ष नेतृत्वसँग छलफल गर्ने भएको छ ।