५ फाल्गुन २०८१, सोमबार | Mon Feb 17 2025


राष्ट्रियसभा सदस्यका लागि प्रदेश ५ बाट नौ जनाको उम्मेदवारी


0
Shares

दाङ । आगामी माघ ९ गते हुने राष्ट्रियसभाको चुनावका लागि प्रदेश नम्बर ५ मा नौं जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन ।

राष्ट्रियसभा सदस्यका लागि प्रदेश नं. ५ मा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसबाट तीन/तीन जना, समाजवादीबाट दुई जना र राष्ट्रिय जनमोर्चा पार्टीबाट एक जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

प्रदेश ५ मा नेकपाबाट अपांग सदस्यमा दाङबाट जगप्रसाद शर्मा, महिला सदस्यमा कपिलबस्तुबाट बिमला घिमिरे र अन्यबाट रुपन्देहीबाट गोपाल भट्टराईले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उम्मेदवारी दर्ताको लागि नेकपाका उम्मेदवारहरु र्‍यालीलेसहित निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । र्‍यालीमा नेकपाका केन्द्रीय सदस्य तथा पूर्व कृषिमन्त्री चक्रपानी खनाल, केन्द्रीय सदस्य नारायणी शर्मालगायतका नेताहरुको उपस्थिति थियो ।

राष्ट्रिय सभा सदस्यका लागि नेपाली कांग्रेसबाट महिला सदस्यमा दाङबाट गिरिजादेवी न्यौपाने, अल्पसंख्यक सदस्यमा बाँकेबाट मेहराज अहमद हलुवाई र अन्यबाट अर्घाखाँचीबाट बालकृष्ण पाण्डेयले मनोनयन दर्ता गराएका छन ।

कांग्रेसको र्‍यालीमा नेपाली कांगेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य अत्तहर कलाम, राष्ट्रियसभा सदस्य अनिता देवकोटा, पूर्व सांसद राजु खनाल, बुद्धिराम भण्डारीलगायतका नेताहरुको सहभागिता थियो ।

त्यसैगरी राष्ट्रियसभा सदस्यका लागि समाजवादी पार्टीबाट दुई जनाले मनोनयन दर्ता गराएका छन ।

समाजवादीबाट अल्पसंख्यक सदस्यमा बाँकेबाट सुनिल सिंघल र अन्यबाट बर्दियाबाट कृष्णप्रसाद यादवले मनोनयन दर्ता गराएका हुन ।

त्यसैगरी राष्ट्रिय जनमोर्चा पार्टीबाट कपिलबस्तुबाट शिवप्रसाद पौडेलले मनोनयन दर्ता गराएका छन ।