बुटवल, फागुन १९ । ‘कोरोनाभाइरस’को त्रासमा प्रदेश नम्बर–५ सरकारले आउँदो वैशाख ४ र ५ गते गर्ने भनिएको लगानी सम्मेलन स्थगित गर्ने निर्णय गरेको छ । सोमबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले लगानी सम्मेलन स्थगित गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले बैठकपछिको पत्रकार सम्मेलनमा जानकारी दिए । सम्मेलनको मिति र अन्य विभिन्न…