Logo ६ कार्तिक २०८३, शुक्रबार | Fri Oct 23 2026


‘आरडीटी पोजिटिभ’ देखाएको भन्दै स्वास्थ्यकर्मीमाथि ढुंगामुढा

बाजुरा, असार १ । हिमाली गाउँपालिका–५, कवाडीको ‘क्वारेन्टिन’मा बसेकाहरुले ‘आरडीटी’ गर्न गएका स्वास्थ्यकर्मीमाथि ढुंगामुढा प्रहार गरेका छन् । भारतलगायत विभिन्न स्थानबाट घर फर्किएर वडा नम्बर–५ को क्वारेन्टिनमा बसिरहेका उनीहरुले आरडीटी ‘रिपोर्ट पोजिटिभ’ आएपछि स्वास्थ्यकर्मीमाथि हमला गरेका हुन् । उनीहरु क्वारेन्टिनमा बसेको १४ दिन पूरा भएपछि सोमबार अपराह्न गाउँपालिकाका स्वास्थ्य संयोजक राजबहादुर भण्डारी आफैं आरडीटी गर्न…