३ जेष्ठ २०८२, शनिबार | Sat May 17 2025


मन्त्रिपरिषदबाट बजेट पारित

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८०/०८१ को आयव्यवको विवरण (बजेट) पारित गरेको छ । सिंहदरबारमा सोमबार(आज) दिउँसो बसेको मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०८०/०८१ को बजेट पारित गरेको हो । मन्त्रिपरिषदबाट पारित बजेट केहीबेरमा संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा.प्रकाशशरण महतले प्रस्तुत गर्नुहुनेछ । बजेट संसदबाट सार्वजनिक हुनुअघि मन्त्रिपरिषद बैठकले पारित गर्नुपर्ने प्रावधान रहेको छ ।