Logo २६ कार्तिक २०८२, बुधबार | Wed Nov 12 2025


एमालेका पूर्वउपाध्यक्ष भीम रावल पनि पार्टी एकतामा आउने: संयाेजक दाहाल


5.5k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहालले नेकपा एमालेका पूर्वउपाध्यक्ष डा.भीम रावललाई समेत एकता प्रक्रियामा ल्याउने प्रयास भइरहेको बताउनुभएकाे छ।

महाधिवेशन आयोजक समितिको बैठकलाई मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठान भवन कमलादीमा सम्बोधन गर्ने क्रममा नेता रावललाई पनि समेट्ने प्रयास भइरहेको जानकारी गराउनुभएकाे हाे। उहाँले भन्नुभयाे,- ‘माओवादीको यो अन्तिम बैठक हो । बुधबार ऐतिहासिक एकता हुन्छ । विगतमा टुटेका कडीहरू जोडिने छन् ’ दाहालकाे भनाइ उदृत गर्दै एक नेताले नेता रावल पनि बुधबारको पार्टी एकतामा सामेल हुने कुराको अन्तिम चरणमा रहेकाे बताएका छन् ।

बैठकमा संयाेजक दाहालले यो एकताले समाजवादी क्रान्तिको युगतिर लैजाने युगिन पहल भएको बताउनुभयाे । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहितका कम्युनिष्ट पार्टीहरूबीच बुधबार एकता हुने भएकाे छ।