Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


आगामी निर्वाचन अगाडि पार्टीको १५ औं महाधिवेशन गर्नैपर्छ: महामन्त्री थापा


1.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा निर्वाचन अघि पार्टीको १५ औं महाधिवेशन गर्नुपर्ने बताउनुभएकाे छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री थापाले कुनै पनि हालतमा निर्वाचन अगाडि पार्टीको महाधिवेशन गर्नुपर्ने बताउनुभएकाे हाे। उहाँले भन्नुभयाे,-‘निर्वाचन अगाडि पार्टीको महाधिवेशन हुनै पर्छ । नियमित महाधिवेशन गर्नुपर्छ भन्ने मेरो भनाइ हो। यदि नियमित महाधिवेशन हुन सक्दैन भने विशेष भए पनि गरौं ।’

महामन्त्री थापाले निर्वाचन अगाडि नियमित महाधिवेशन सम्भव नभए विशेष महाधिवेशन गर्नुपर्नेमा जोड दिनुभएकाे छ।