Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


आगामी पुसमा पार्टीको १५ औं महाधिवेशन गर्न महामन्त्री थापाको प्रस्ताव


442
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा आगामी पुस १६ गतेदेखि १९ गतेसम्म पार्टीको १५ औं महाधिवेशन गर्ने प्रस्ताव पेश भएको छ।

पार्टी मुख्यालय सानेपामा मंगलबार बसेकाे केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री गगन थापाले कार्यतालिकासहित महाधिवेशनको मिति प्रस्ताव गर्नुभएकाे हाे। बैठकमा बोल्दै उहाँले अधिवेशनलाई आगामी मंसररमा गर्ने प्रारम्भिक तयारी भए पनि आन्तरिक कारण र समयसापेक्ष आवश्यकताका कारण पुसमा सार्ने सहमति बन्ने सम्भावना हुने भन्दै पुसमा सारेको जानकारी दिनुभयाे।

उहाँले पार्टी नेतृत्व र कार्यकर्ताबिचको एकता बलियो बनाउन महाधिवेशनलाई केन्द्रमा राख्दै काम अघि बढ्नुपर्ने बताउनुभएकाे छ। महामन्त्री थापाले पुस ५ र ६ गतेदेखि वडा, पालिका र प्रदेश अधिवेशन शुरु गरेर पुस १६ देखि १९ गतेभित्र केन्द्रीय अधिवेशन सम्पन्न गर्ने कार्यतालिका मौखिक रूपमा पेश गर्नुभएकाे हाे।

विधान संशोधनमा युवाको सहभागिता, समावेशी प्रतिनिधित्व र ल्याटरल एन्ट्री प्रणाली थप्ने प्रस्तावकाे बारेमा पनि छलफल भइरहेको उहाँकाे भनाइ छ। कांग्रेसलाई नयाँ पुस्तासँग जोड्ने, समावेशी र गतिशील बनाउने दिशामा यो अधिवेशन निर्णायक हुने उहाँकाे दावी थियाे।