ओखलढुंगा । ओखलढुंगाको चम्पादेवी र लिखु गाउँपालिकाको सीमानामा पर्ने राङ्चा खोलामा हजार र पाँच सय दरका सक्कली नोट फेला परेपछि स्थानीय बासिन्दा अचम्मित भएका छन् । अविरल वर्षापछि बाढी आएको भोलिपल्ट खोलाको करिब तीन किलोमिटर क्षेत्रमा नोट फेला परेका हुन् । साेही रकम कसको हो र खोलामा कसरी पुग्यो भन्ने बारेमा केही पनि खुलेको छैन…