Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


विद्युत प्राधिकरण धरान कार्यालयको गाडी दुर्घटना हुँदा २ जनाको निधन, एक घाइते


26
Shares

काठमाडाैं । नेपाल विद्युत प्राधिकरण धरान कार्यालयको सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले दुर्घटनामा परी एक जना घाइते भएकाे जनाएकाे हाे । धरान–इटहरी कोसी लोकमार्ग अन्तर्गत इटहरी उपमहानगरपालिका–२० स्थित सेउती पुलनजिक साेमबार राति सवारी दुर्घटना भएको थियो ।

धरानबाट इटहरीतर्फ जाँदै गरेको बा१ञ १६५१ नम्बरको स्कारपियो गाडी साेमबार राति करिब साढे ११ बजे दुर्घटना भएको प्रहरीले बताउकाे छ। दुर्घटनामा गाडी चालक धरान–१३ का बिर्ख राई र नेपाल विद्युत प्राधिकरणका कर्मचारी धरान–१६ का सुमन आचार्य गम्भीर घाइते भएका थिए ।

दुवै जनालाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा मंगलबार बिहान पाैने १ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएकाे छ। दुर्घटनामा घाइते भएका धरान २० का पदम राईको भने वीपी प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले बताएकाे हाे ।