Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


खोटाङलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा


0
Shares

सविना अछामे, खोटाङ ।

जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा गरिएको छ ।

जिल्लाका १० वटै स्थानीय तहका बालबालिकाले सबै प्रकारका खोप पाएपछि जिल्ला खोप समन्वय समिति खोटाङका संयोजक सनबहादुर राईले असार १६ गते पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा गरेका हुन् ।

१६ देखि ५९ महिनासम्मका ६ हजार ४ सय ८५ जनाले पूर्ण खोप पाएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिएको स्वास्थ्य कार्यालय खोटाङका सूचना अधिकारी सुरेन्द्र बुढाथोकीले बताए । उनका अनुसार जन्मेदेखि १५ महिनासम्मका २ हजार १ सय ५२ बालबालिकाले खोप लगाइरेहका छन् ।

सबैभन्दा पहिले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले २०८२ चैत १९ गते, रावाबेसी गाउ“पालिकाले चैत २७ गते, खोटेहाङ गाउँपालिकाले २०८३ बैशाख ८ गते, जन्तेढुङ्गा गाउँपालिकाले बैशाख ९ गते, बाराहापोखरी गाउँपालिकाले बैशाख १० गते, ऐसेलुखर्क गाउँपालिकाले बैशाख ३० गते, केपिलासगढी गाउँपालिकाले बैशाख ३१ गते दिप्रुङ चुइचुम्मा गाउँपालिकाले जेठ २३ गते, साकेला गाउँपालिकाले असार ३ गते र हलेसी तुवाचुङ नगरपालिकाले असार ५ गते पूर्ण खोप सुनिश्चितता तथा दीगोपना पालिका घोषणा गरेको थियो ।