Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


अविरल वर्षासँगै सप्तकोशी नदीमा पानीको बहाव बढ्यो

कोशी ब्यारेजका २० ढोका पनि खोलियाे, खतराको संकेत स्वरुप ब्यरेजमा रातो बत्ती

52
Shares

काठमाडाैं । अविरल वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव बढ्न थालेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले कोशी ब्यारेजमा पानीको बहाव एक लाख ७२ हजार ४ सय ३२ क्युसेक प्रतिसेकेन्ड रहेको जनाएकाे हाे । कोशी नदीमा पानीको बहाव बढेसँगै सम्भावित जोखिमलाई मध्यनजर गर्दै ब्यारेजका ५२ वटा मुल र दुई वटा नहरको गरी ५६ वटा ढोकामध्ये २० वटा ढोका खुला गरिएको छ।

पानीको बहाव बढ्दो क्रममा रहेकाले खतराको संकेत स्वरुप कोशी ब्यरेजमा रातो बत्ती बालिएको हाे। खतराको संकेत स्वरुप रातो झण्डा फहराइएको कोशी ब्यारेजको कन्ट्रोल रुमले जनाएको छ ।