काठमाडाैं । उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा गायत्री कटुवाल भण्डारी निर्वाचित हुनुभएकाे छ।
आइतबार राति सम्पन्न मतगणना अनुसार भण्डारीले आफ्ना निकटतम प्रतिस्पर्धी नवराज काफ्लेलाई १५ मतले पराजित गर्नुभएकाे हाे । निर्वाचन समितिका संयोजक टंक दुलालले अन्तिम मतपरिणाममा भण्डारीले ७ सय ५८ मत प्राप्त गरेकाे बताउनुभयाे।
उहाँका प्रतिस्पर्धी काफ्लेले भने ७ सय ४३ मत प्राप्त गरेको संयोजक दुलालले जानकारी दिनुभएकाे छ। निर्वाचन समितिले दिएको जानकारी अनुसार कूल दुई हजार ३ सय ६९ मतदाता रहेकोमा निर्वाचनमा एक हजार ५ सय ४३ मत खसेको थियो।
वाणिज्य सदस्यतर्फ जीवनकुमार न्यौपाने, सञ्जीव खड्का, बलराम बस्नेत, सिनेट रिजाल, सञ्जय साह, बलबहादुर न्यौपाने, सन्नी चौधरी, दिनेशप्रसाद धमला र महेश थापा निर्वाचित भएका छन्। त्यसैगरी, महिला सदस्यतर्फ मीना आचार्य ढकाल र सुमित्रा घिमिरे भट्टराई विजयी भएका हुन्।
उद्योग सदस्यतर्फ भने अभिषेक बस्नेत, शिवप्रसाद भट्टराई ‘भूपाल’, हरिप्रसाद तिम्सिना र किसनकुमार खेडिया निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।









प्रतिक्रिया दिनुहोस्