काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. चन्दा कार्कीले सभापति रवि लामिछानेलाई थुना बाहिर राखेर अनुसन्धान गर्न सरकार समक्ष माग गर्नुभएको छ । सोमबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद कार्कीले सहकारी ठगी प्रकरणमा पोखरा प्रहरी हिरासतमा रहेका रास्वपा सभापति लामिछानेलाई थुना बाहिरै राखेर अनुसन्धान गर्न माग गर्नुभएको हो…