काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेपाल-भारत सीमाना बन्द गरेर भिसा प्रणाली लागू गर्नुपर्ने बताउनुभएको छ । बुधबार राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सुपारीको उत्पादन र निकासीमा भएका समस्याका सम्बन्धमा छलफल गर्दै उहाँले यस्तो बताउनुभएको हो । गौतमले नेपाल–भारत खुला सीमानाका कारण नेपालमा उत्पादन भएका वस्तुहरु भन्सार बाहिरबाट भारतमा…