२१ कार्तिक २०८१, बुधबार | Thu Nov 7 2024


वर्षेनी ५ लाख रोजगारीका अवसर सिर्जना गर्न आवश्यक : श्रममन्त्री भण्डारी


143
Shares

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वर्षेनी ५ लाख रोजगारीको अवसर सिर्जना गर्न नसकेसम्म वैदेशिक रोजागरीको बाध्यता कायम रहने बताउनुभएको छ ।

सोमबार काठमाडौंमा गैरआवासीय नेपाली संघ (एनआरएनए)को कार्यक्रममा बोल्दै श्रममन्त्री भण्डारीले यस्तो बताउनुभएको हो ।

श्रममन्त्री भण्डारीले हरेक वर्ष नेपालमा ५ लाख मानिस श्रम बजारमा आउने र त्यसमध्ये १ लाख मानिसले मात्रै रोजगारी पाउने गरेको बताउनुभयो । बाँकी ४ लाख मानिसलाई रोजगारी दिन नसकेसम्म वैदेशिक रोजगारीमा जाने मानिसहरुको संख्यामा कमी नहुने बताउनुभयो ।

श्रममन्त्री भण्डारीले वर्षेनी सरकारले रोजगारीको अवसर सिर्जना गर्नुपर्ने बताउनुभयो । अवसर सिर्जना गर्नको निम्ति मुलुकको समष्टिगत राजनीतिक परिस्थितिदेखि सबैकुरा अनुकुल बनिरहेको बताउनुभयो । उहाँले वर्तमान सरकार सरकार बनाउनका लागि मात्रै नभइ काम गर्नका लागि बनेको बतउनुभयो । सरकारलाई असफल हुने छुट नरहेको बताउनुभयो ।

श्रममन्त्री भण्डारीले मुलुकभित्रका रोजगारका सम्भावनालाई हेर्ने आन्तरिक रोजगार महाशाखा बनाउन लागेको बताउनुभयो ।