२५ कार्तिक २०८१, आइतबार | Mon Nov 11 2024


अपराधिक कार्यको अनुसन्धान र कारबाही तथ्य हेरेर गरिन्छ : गृहमन्त्री लेखक


611
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले अपराधिक कार्यमा संलग्न हुने सबै मानिसमाथि अनुसन्धान हुने बताउनुभएको छ ।

सोमबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले अपराधिक कार्यमा संलग्न व्यक्तिमाथि अनुसन्धान गर्न लाखा पाखा नगर्ने बताउनुभएको हो ।

गृहमन्त्री लेखकले त्यस्ता मानिसमाथि कारबाही गर्न सत्तापक्ष र प्रतिपक्ष भनेर नहेरिने स्पष्ट पार्नुभयो । उहाँले अपराधिक कार्यको अनुसन्धान र कारबाही मानिसको मुख हेरेर नभइ तथ्य हेरेर गरिने बताउनुभयो ।

गृहमन्त्री लेखकले तथ्य र प्रमाणले जता लान्छ, अनुसन्धान त्यतै जाने भन्दै प्रमाण अनुरुप कारबाही हुने बताउनुभयो । उहाँले सरकारले कानुनको परिधिभन्दा बाहिर गएर कसैलाई प्रतिशोध नलिने बताउनुभयो । अनुसन्धान निष्पक्ष र स्वतन्त्र हुने उहाँको भनाई छ ।

गृहमन्त्री लेखकले सरकार भ्रष्टाचारका बारेमा शुन्य सहनशिलताको नीतिको दृढ रहेको बताउनुभयो । उहाँले सुशासन स्थापना गर्ने कुरामा सरकार प्रष्ट रहेको भन्दै भ्रष्टाचार निर्मुल गर्ने कुरा सरकारको प्राथमिकतामा रहेको बताउनुभयो ।