काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले नेपाल विकासमा पछाडि पर्नुको मुख्य कारण कार्यकारी संयन्त्र र संस्थागत संरचनाको असफलता भएको टिप्पणी गर्नुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित वर्तमान राजनीतिक समस्या र समाधानसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उपमहासचिव शर्माले विकास र समृद्धि मुलुकको कार्यकारी संस्थाहरूको प्रभावकारीता र कार्यान्वयन क्षमतामा निर्भर रहने भएपनि नेपालका संयन्त्रहरू क्रियाशील हुन…