Logo १४ आश्विन २०८३, बुधबार | Thu Oct 1 2026


कांग्रेसको संसदीय दलको बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक शनिबार बस्ने भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ बानेश्वरस्थित संसद् भवनको लोल्से हलमा दिउँसो दुई बजे बस्ने गरी बैठक बोलाउनुभएको हो । बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता तथा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल हुने संसदीय दलको कार्यालयले जानकारी दिएको छ ।…