काठमाडौं । सरकारले जलवायु परिवर्तन न्युनिकरणका लागि प्रतिवद्धता सहितको ‘तेश्रो राष्ट्रिय निर्धारित योगदान (तेश्रो एनडिसी)’ सार्वजनिक गरेको छ । काठमाडौंमा शुक्रबारदेखि शुरु भएको सगरमाथा संवादको उद्घाटन सत्रमा सरकारले तेस्रो एनडिसी सार्वजनिक गरेको हो । यसलाई बुधबार बसेको मन्त्रीपरिषद् बैठकले युएनफसिसिसिको सचिवालयमा पठाउन स्वीकृति प्रदान गरेको थियो । जलवायु परिवर्तन न्युनिकरण, अनुकुलन तथा वित्तीय व्यवस्थापनको विस्तृत…