काठमाडौं । सरकारले दुई दिनको सार्वजनिक बिदालाई तत्काल पुनरावलोकन गर्ने कुनै तयारी नभएको स्पष्ट पारेको छ । आज राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्वन्धित सांसदहरुको प्रश्नमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट जवाफ दिदै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले दुई दिनको सार्वजनिक बिदालाई पुनरावलोकन गर्ने कुनै पनि निर्णय वा तयारी नभएको स्पष्ट पार्नुभयो…