Logo ५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026


नेतृत्व परिवर्तनको विषय एमालेमा हट्यो, सचिवालयले प्रतिवेदन गर्‍यो ग्रहण


364
Shares

काठमाडौं । नेकपा एमालेको सचिवालयले पार्टी रुपान्तरण सम्बन्धी कार्यदलको प्रतिवेदन ग्रहण गरेको छ।

आइतबार बसेको सचिवालय बैठकले कार्यदलको प्रतिवेदन ग्रहण गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभएकाे हाे । पार्टीभित्र अध्यक्ष केपी ओलीको राजीनामाको माग उठिरहेकाे समयमा कार्यदलको प्रतिवेदनमा उक्ति विषय भने समावेश छैन ।

उपमहासचिव भट्टले मतभेदका सबै विषय हटाएर कार्यदलमा सर्वसम्मत रूपमा प्रतिवेदन पारित भएको बताउनुभयाे । उहाँले प्रतिवेदनमा नेतृत्व परिवर्तन सम्बन्धी कुरा हटेको बताउनुभएकाे छ । मतभेद भएका सबै कुरा हटेर सर्वसम्मत रुपमा कार्यदलले पास गरेको उहाँकाे भनाइ थियाे।

प्रतिवेदन लेखनको जिम्मा शुरुमा उपाध्यक्ष रामबहादुर थापा बादललाई दिइएको थियो । त्यसपछि महासचिव शंकर पोखरेलले
समेत कार्यदलको प्रतिवेदन लेख्नुभएकाे हाे। दुवै प्रतिवेदनमा विवाद भएपछि अध्यक्ष ओलीले पुनर्लेखनको जिम्मा कार्यदल सदस्य नै नरहेका नेता प्रदीप ज्ञवालीलाई दिनुभएकाे थियाे।

नेता ज्ञवालीले पुनर्लेखन गरेको प्रतिवेदन सचिवालयले ग्रहण गरेको हो ।