काठमाडौं, असोज १ । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण सफल भएको बताएका छन् । नयाँदिल्लीमा आज पत्रकार सम्मेलन गर्दै परराष्ट्रमन्त्री डा. महतले सद्भावना र सहयोग बढाउने भ्रमणको मूल लक्ष्य भएकाले यो भ्रमण सफल भएको बताए । भारत सरकार, राजनीतिक दल र जनताको तहमा पनि प्रधानमन्त्रीको भ्रमणबाट उच्च उत्साह देखिएको आफूले महसुस…